खेलकुद

नेपालसँगको खेललाई लिएर हामी चनाखो हुनुपर्छ: भारतीय प्रशिक्षक स्टिमच

इकागज |
भदौ ११, २०७८ शुक्रबार १७:२३ बजे

काठमाडौँ: नेपाल र भारत आगामी भदौ १७ र २० मा मैत्रीपूर्ण खेल खेल्दैछन् । दुवै खेल काठमाडौँस्थित दशरथ रंगशालमा हुँदैछन् । आसन्‍न साफ च्याम्पियनसिपका लागि जुटेका नेपाल र भारतले यी मैत्रीपूर्ण खेलहरूतयारीका रुपमा लिएका छन् । 

यसैबीच, काठमाडौँ झर्ने भारतीय टिमको टुंगो लागेको छ । भारतका क्रोएसियन प्रशिक्षक इगोर स्टिमचले नेपालसँगका खेलका लागि २५ सदस्यीय टिमको घोषणा गरेका छ । स्टिमचले कप्तान सुनिल क्षेत्री, अनिरुद्व थापा, गुरप्रित सिंह सन्धु लगायतका प्रभावशाली खेलाडीहरूलाई पनि टिममा समावेश गरेका छन् । 


भारतीय टिम गत अगस्ट १५ देखि बन्द प्रशिक्षणमा छ । करिब १५ वर्षपछि कोलकत्तामा प्रशिक्षण गरिरहेको भारतीय टिमले शुक्रबार स्थानीय मोहम्मेडन स्र्पोटिङ क्लबसँग मैत्रीपूर्ण खेल खेल्यो । कप्तान सुनिल लगायतका खेलाडी अनुपस्थित रहेको खेलमा राष्ट्रिय टोलीले आई–लिग क्लबमाथि २–० को जित दर्ता गरेको थियो । 

बेंगलुरु एफसी र एटीके मोहन बगान एएफसी कपमा सहभागी भएकाले उनीहरूका खेलाडीहरूराष्ट्रिय टिमको अभ्यासमा सहभागी भइसकेका छैनन् । मोहन बगानका खेलाडीहरूभदौ १३ को साँझबाट मात्रै अभ्यासास सहभागी हुनेछन् भने बेंगलुरुबाट खेल्ने खेलाडीहरूसोमबार मात्रै कोलकत्ता पुग्नेछन् । भारतीय टिम भदौ १४ मा नेपाल आइपुग्नेछ । यस्तोमा भारतीय टिमका कप्तान लगायतका कयौँ खलाडीले बाँकी टिमसँग काठमाडौँ झरेपछि मात्रै सँगै अभ्यास गर्नेछन् । 

पर्याप्त अभ्यास गर्न नपाइने भएकाले नेपालसँगको खेललाई लिएर आफूहरूचनाखो हुनुपर्ने स्टिमचले बताएका छन् । ‘खेलाडीहरूथाकेका छन् । उनीहरूलाई पुनःजागृत गर्न आवश्यक छ । फेरि हामीले अभ्यास पनि १० दिन भन्दा बढी गर्न पाउने अवस्था छैन । यसकारण नेपालसँगको खेलमा हामी चनाखो हुनुपर्ने आवश्यकता छ,’ स्टिमचले एआईएफएफको आधिकारी वेभसाइटसँग भनेका छन् । 

नेपालले यसअघि नै आफ्नो २५ सदस्यीय टोलीको टुंगो लगाइसकेको छ । यही टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेलेर कतार प्रस्थान गर्नेछ । जहाँ नेपाली खेलाडीहरू१० दिनका लागि बन्द प्रशिक्षणमा रहनेछन् ।   

भारतीय टोलीः 

गोलरक्षकः अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम र गुरप्रित सिंह सन्धु 

रक्षकः प्रितम कोटाल, चिङलेनसाना सिंह कोन्साम, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, सुभासिस बोस र सेरिटन फर्नान्डेज 

मिडफिल्डरः लालेङमाविया, विपिन सिंह, अनिरुद्व थापा, साहल अब्दुल सामाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह र प्रोनय हाल्देर 

फरवार्डः मानभिर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी 


 


Author

थप समाचार
x