खेलकुद

क्यान भन्छ, ह्वाटमोरको राजीनामाले स्तब्ध छौँ

इकागज |
भदौ ११, २०७८ शुक्रबार २१:१२ बजे

फोटो : इन्टरनेट

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुखय प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामाले आफू स्तब्ध भएको नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिक्रिया दिएको छ । गत आठ महिना देखि नेपाली टिमको जिम्मेवारी सम्हालिरहेका ह्वाटमोरले शुक्रबार (आज) अकस्मात राजीनामा दिएको खबर बाहिर आएको हो ।

ह्वाटमोर नेतृत्वको नेपाली टिम ओमानमा छ । ह्वाटमोरले त्यहीबाट इमेलमार्फत क्यानलाई राजीनामा पठाएको बताइएको छ । ‘ह्वाटमोरको राजीनामाले हामी स्तब्ध भएका छौँ । उनले ओमान भ्रमण सकिनासाथ लागू हुनेगरी राजीनामा दिएका हुन् । उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए,’ क्यानले आफ्नो टीवटर ह्यान्डलमा लेखेको छ । 


ह्वाटमोरले व्यक्तिगत र कोभिड–१९ महामारीका कारण भन्दै राजीनामा दिएको बताइएको छ । ह्वाटमोर गत डिसेम्बरबाट नेपालको मुख्य प्रशिक्षक बनेका थिए । तसर्थ उनको क्यानसँगको सम्झौता सकिन अझैँ बाँकी छ ।    
 


Author

थप समाचार
x