च्याम्पियन्स लिगमा मोहम्मद सलाहको कीर्तिमान
काठमाडौं : मोहम्मद सलाहले लिभरपुलका लागि नयाँ कीर्तिमान राखेका छन् । बुधबार डेनिस विपक्षी एफसी मिज्जिल्यान्डविरुद्ध गोल गरेसँगै इजिप्सियन फरर्वाड लिभरपुलका लागि च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीका रुपमा दर्ज भएका छन् । यसअघि यो कीर्तिमान लिभरपुलका पूर्वकप्तान स्टिभन जेरार्डका नाममा थियो ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको लिभरपुलका लागि सलाहले डेनिस भूमिमा खेलिएको खेलमा पहिलो मिनेटमै गोल गरे । दोस्रो हाफमा पेनाल्टीमार्फत अलेक्जेन्डर सोल्जले गोल फर्काएपछि इंग्लिस च्याम्पियन लिभरपुल र डेनिस च्याम्पियन मिज्जिल्यान्डबीचको खेल बराबरीमा सकियो ।
मिज्जील्यान्डविरुद्ध गोल गरेसँगै सलाहको लिभरपुलका लागि च्याम्पियन्स लिगमा आफ्नो गोलसंख्या २२ पुर्याए । सलाहले च्याम्पियन्स लिगमा लिभरपुलका लागि ३९ खेल खेल्दै सो कीर्तिमान कायम गरेका हुन् । यस अघि जेरार्डले लिभरपुल जर्सीमा २१ च्याम्पियन्स लिग गोल गरेका थिए । सलाहले आफ्नो २२ औं च्याम्पियन्स गोलबाट अर्को कीर्तिमान पनि कायम गरे । उनले डेनिस क्लबको पोस्टमा ५५ औ सेकेण्डमा गरेको गोल, च्याम्पियन्स लिगमा लिभरपुलका लागि गरिएको सबैभन्दा छिट्टो गरिएको गोल बन्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया