खेलकुद

गृष्मकालीन ओलम्पिकको सफलतापछि पाराओलम्पिकमा जापान

इकागज |
भदौ १२, २०७८ शनिबार १८:३८ बजे

काठमाडौँ - यसपटकको गृष्मकालीन ओलम्पिक अगस्ट ८ मा सकियो । जापानी राजधानी टोकियो आयोजक बनेको ओलम्पिकको पदक तालिकामा सधाझैँ अमेरिका नै अग्रस्थानमा रह्यो । उसले कुल एक सय १३ पदक जित्यो । जसमा ३९ स्वर्ण पदक सम्मिलित थियो । कुल पदक संख्यामा चीनले दोस्रो स्थान ओगट्यो । चिनियाँ ओलम्पिक टोलीले कुल ८ पदक जित्यो । 

कुल पदक संख्यामा अमेरिका भन्दा निकै पछाडि परेको चीन स्वर्ण जित्‍ने मामलामा भने धरै तल परेन । चीनले अमेरिकाको भन्दा एक स्वर्ण कम जित्यो । आयोजक जापान ५ पदक सहित पदक तालिकामा तेस्रो स्थानमा आयो भने चौँथो स्थानको संयुक्त अधिराज्यले ६५ पदक बटुल्यो ।


कुल पदक संख्यामा जापानभन्दा माथि रहे पनि पाँच स्वर्णले पछि परेपछि संयुक्त अधिराज्य चौँथो स्थानमा सीमित भयो । अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिनबाट प्रतिबन्ध भोगिरहेको रुसका खेलाडीहरूको टिम आरओसीले २० स्वर्णसहित कुल ७१ पदक जित्यो भने छैठौं स्थानको अस्ट्रेलियाले ४६ पदक बटुल्यो । जापानी भूमिमा भएको ओलिम्पकमा ६३ मुलुकले स्वर्ण जिते भने ८६ मुलुक पदक विहीन भएनन् ।

ओलम्पिकको रौनक सकिएको केही सातापछि पाराओलम्पिक सुरु भएको छ । अगस्ट २४ बाट सुरु पारा ओलम्पिक पनि टोकियोले नै आयोजना गरिरहेको छ । ओलम्पिक जस्तै पाराओलम्पिकमा पनि दर्शक हुनेछैनन् । कारण उही हो, अनियन्त्रित कोभिड-१९ महामारी । सन् १९६० बाट हुन थालेको पारा ओलम्पिकमा यस पटक एक सय ६२ मुलुकका विशेष क्षमता भएका खेलाडीहरु सहभागी भइरहेका छन् ।

खेल सबैकाे साझा हाे भन्ने आधारमा नै अडेर सबै प्रकारको क्षमता भएकालाई सहभागी गराउने गरेको छ । पारा ओलम्पिक सुरु हुनु केही दिन अगाडि फरेन प्रेस सेन्टरले पनि यो विषयलाई स्पष्ट पारेको थियो । त्यसमा टोकियो सहरकी गभर्नर कोके युरीकोले भनेकी थिइन जापानमा हुने यो प्रतिशपर्धामा विशेष क्षमता भएकाहरूको उपस्थिति उत्साहप्रद छ । जुमबाट विश्वभरका पत्रकारलाई दूतावास मार्फत जाेडेर जिज्ञासा राख्‍न दिइएको थियो । 

सेप्टेम्बर ५ सम्म हुने प्रतिस्पर्धामा ४ हजार ४ सय तीन खेलाडीले भाग लिइरहेका छन् । पारा ओलम्पिकमा २२ खेलमा कुल पाँच सय ३७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । नेपालबाट पलेशा गोबर्धनले तेक्वान्दोमा भाग लिएकी छन् । पारा ओलम्पिकका मुख्य आकर्षण स्विमिङ र एथलेटिक्स हुने अपेक्षा गरिएको छ । यी खेलहरुको प्रतिस्पर्धा १० देखि १२ दिनसम्म चल्नेछ ।

पारा ओलम्पिकको उद्घाटन समारोह विशेष रह्यो । समारोहको मुख्य थिम विमानस्थललाई बनाइएको थियो, जहाँ अफगानिस्तानको झण्डा फहराइयो भने एक १३ वर्षिय बालिकामाथि पनि सबैको नजर प¥यो । जो एक हातले खेलौना हवाइजहाज उडाएर खेलिरहेकी थिइन् । अफगानिस्तान यसपालीको पारा ओलम्पिकमा सहभागी नभए पनि त्यस मुलुकको सम्मानका लागि झण्डा फहराइएको हो ।

उद्घाटन समारोह दौरान भएको परेडमा सबैभन्दा पहिले शरणार्थी टोली देखियो । विश्वभर छरिएर बसेका शरणार्थीहरुको टोली निर्माण गरी ओलम्पिकमा जस्तै पारा ओलम्पिकमा सहभागी गराइन्छ । परेडमा त्यसपछि अफगानिस्तानको झण्डा देखिएको थियो । पूर्वतालिका अनुसार पारा ओलम्पिकमा दुई अफगानी खेलाडीले भाग लिँदै थिए । तर त्यहाँ नयाँ परिस्थती सिर्जना भएपछि परेडमा झण्डा स्थानीय स्वयमसेवकले बोके । 

पारा ओलम्पिकमा कीर्तिमानी दृष्टिविहिन धावक डेभिड ब्राउन देखि बोइङ कम्पनीका इन्जिनियर बेन थोम्पसनसम्म सहभागी छन् । थोम्पसनले आर्चरीमा भाग लिँदैछन् । पारा ओलिम्पकका अन्य स्टार खेलाडीहरुमा व्हियल चेयर टेनिसका डेभिड वाग्नर, व्हियल चेयर बास्केटबलका स्टिभी सेरियो, स्विमिङकी अनास्टासिया पाग्नोइस लगायतका छन् ।
 


Author

थप समाचार
x