खेलकुद

लिभरपुलले भीएआरको निर्णय माथि रिभ्यू माग गर्ने

इकागज |
कात्तिक २, २०७७ आइतबार १४:२२ बजे

एजेन्सी : प्रिमियर लिगमा यसपटकको मर्सिसाइड डर्बी विवाद रहित रहेन । लिभरपुल र एभरटनबीचको खेल २-२ को बराबरीमा सकिएसँगै भीएआरले दिएको निर्णय माथि ब्यापक बहस भईरहेको छ ।  यसैबीच लिभरपुलले खेलदौरान भीएआरले दिएको निर्णयहरू माथि रिभ्यू गर्नका लागि निबेदन दिएको छ ।

बिशेषगरी भीएआरले दिएको दुईवटा निर्णय माथि पुर्नबिचार गर्नुपर्ने लिभरपुलको भनाइ छ । खेलको छैठो मिनेटमै एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकमाथि फाउल गरेका थिए । तर रेफ्रीले पिकफोर्डलाई कुनै पनि कार्ड देखाएनन् न त चेतावनी नै दिए ।


भीएआरको जिम्मेवारी पाएका डेभिड कुटले भान डाइक अफसाइड रहेको जनाउ दिएका थिए भने रातो कार्डका लागि रिभ्यू नै गरेनन् । पिकफोर्डको ट्याकलले गर्दा भान डाइकले मैदान नै छाड्नु परेको थियो । लिभरपुलका प्रशिक्षक योर्गन क्लप खेलपछि निकै नै आक्रशित देखिए । 

'हामीले महत्वपूर्ण खेलाडी गुमायौ । भीएआरले उचित निर्णय दिएन,' क्लपले खेल पश्चात भने । जोर्डन हेन्डरसनले खेलको ९२ औ मिनेटमा प्रहार गरेको बल गोलमा परिणत भएको थियो । तर भीएआरले त्यो गोललाई मान्यता दिएन । साडियो माने अफसाइड रहेकाले कप्तान हेन्डरसनको गोल मान्य नभएको बताईएको थियो ।

क्लोपले आफु मिडियासँगको कुराकानी पछि ड्रेसिङ रुममा पुग्दा सबै खेलाडी तथा स्टाफहरू स्तब्ध मुद्रामा रहेको र उनीहरूले आफुलाई ल्यापटपमा भिडियो देखाउदै एभरटनका खेलाडीहरूले गरेको फउल देखाएको बताएका थिए । 

'म भीएआरको समर्थक हो । तर उ बाट आउने गलत निर्णय कसरी सि्वकार गर्ने ?' क्लोपले भने । घाइते भएका भान डाइक र थियागो अल्कन्ट्राको थप स्वास्थ्य जाँच हन बाँकी छ । उनीहरू कति दिन वा महिनाका लागि मैदान बाहिर रहने हुन् भन्ने टुंगो छैन ।  
  


Author

थप समाचार
x