नेपाली युवा फुटबल टोलीको जिम्मेवारी बालगोपाललाई
काठमाडौँ- बालगोपाल महर्जन नेपालको अण्डर-२३ फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । गत मार्चमा नेपालको सिनियर टिमलाई थ्री-नेसन्स कप जिताएका बालगोपालले एएफसी यू-२३ एसियन कप छनौटका लागि युवा टोलीको जिम्मेवारी पाएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार जानकारी दिए अनुसार बालगोपाललाई प्रशिक्षक रोजित केसीले सघाउनेछन् । यसैगरी, गोलकिपिङ प्रशिक्षकमा भने ललित चन्द नियुक्त भएका छन् ।
छनौट खेल्न नेपाल ताजिकस्तान जानेछ । छनौटमा नेपाल समूह ‘बी’मा परेका छ । जहाँ नेपाल र आयोजक ताजिकस्तान बाहेक इरान र लेबनन पनि छन् । यस समूहका खेलहरू अक्टोबर २५ बाट सुरु हुनेछन् । पहिलो खेलमा नेपाल र इरान आमनेसामने हुनेछन् । नेपालले आफ्नो दोस्रो खेल अक्टोबर २८ मा घरेलु टिम ताजिकस्तानसँग खेल्नेछ भने अन्तिम खेलमा लेबननविरुद्ध उत्रनेछ ।
यू-२३ एसियन कप जुन, २०२२ मा उज्वेकिस्तानमा हुँदैछ । जहाँ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । छनौटमा आयोजक उज्वेकिस्तान सहित कुल ४२ टिम सहभागी हुनेछन् । आयोजकका नाताले उज्वेकिस्तानले उमेर समूहको एसियन कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । यसकारण उज्वेकिस्तान बाहेक १५ टिमले छनौटमार्फत प्रतियोगिताको अन्तिम चरणमा सिट पक्का गर्नेछन् ।
छनौटमा सहभागी हुने टिमलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समूह विजेताले यु-२३ एसियन कपका लागि छनौट हुनेछन् । यसैगरी चार उत्कृष्ट समह उप-विजेताले पनि एसियली प्रतियोगिता खेल्न पाउनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया