खेलकुद

नेपाल पहिलाेपटक साफ च्याम्पियनसिपको फाइनलमा

इकागज |
असोज २७, २०७८ बुधबार १८:५२ बजे

फोटो : नेपाल फाइनलमा पुगेपछि माल्दिभ्सको रंगशालामा खुशी भएका नेपाली ।

काठमाडौँ - नेपाल पहिलाेपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार बेलूकी माल्‍दिभ्‍समा भएको खेलमा बंगलादेशसँग बराबरी खेल्‍दै नेपाल फाइनलमा पुगेको हो ।

पहिलो हाफमा १-० गोलले पछि परेको नेपाललाई फाइनल पुर्याउन अन्जन बिष्टले बराबरी गोल गरेका थिए । उनले खेलको ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्याएका हुन् । 


बराबरीसँगै नेपालले राउण्ड रोविन लिगका आधारमा सर्वाधिक ७ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो । यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । आजको खेलमा बराबरी नतिजा निकालेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल पुग्न आजको खेलमा नेपाललाई बराबरी नतिजा आवश्यक थियो । 

नेपालले अब उपाधिका लागि आयाेजक माल्‍दिभ्‍स र भारतबीचकाे विजेतासँग खेल्‍नेछ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगेको हो । 


 


Author

थप समाचार
x