राखेप सदस्य सचिव सिलवाल बर्खास्त
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई सरकारले पदबाट बर्खास्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सिलवाललाई राखेपमा पुनःनियुक्ति दिएको थियो । राष्ट्रिय खेलकुद ऐन अनुसार उक्त पदका लागि माग भएको आवेदनमा सिलवालसहित तीन जना प्रतिस्पर्धामा रहेकोमा सिलवाललाई नियुक्ति दिइएको थियो ।
ओली नेतृत्वको सरकार हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकारले पूर्णता पाएसँगै उनी बर्खास्त गरिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया