खेलकुद

‘आर्सनलले प्याट्रिक भियरालाई प्रशिक्षक बनाउनुपर्छ’

इकागज |
पुस ४, २०७७ शनिबार १३:४८ बजे

काठमाडौं : जारी इंग्लिस प्रिमियर लिग सिजनमा संर्घषरत आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाको क्षमताका बारेमा प्रश्न उठिरहेको छ । प्रश्न उठाउनेको सूचीमा आर्सनलका पूर्व खेलाडी विलियम गालास पनि थपिएका छन् । लन्डनका तीन ठूला क्लब आर्सनल, चेल्सी र टोटनहमबाट खेलेका गालासले आर्टेटाका ठाउँमा प्याट्रिक भियरालाई प्रशिक्षक बनाउनु पर्ने पूर्व फ्रेन्च रक्षकको भनाई थियो ।

‘मेरो विचारमा आर्सनलको मूख्य समस्या भनेको आर्टेटा हुन् । आर्टेटा आर्सनलका लागि सही छनौट होइनन् । उनीसँग आर्सनल जस्तो ठुलो क्लब सम्हाल्ने अनुभव छैन । उनलाई पेप ग्वार्डिओलाले सहायक बनाउँदा पनि मलाई अचम्म लागेको थियो । ठूलो क्लब सम्हाल्न २५ खेलाडीलाई कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान र अनुभव हुनुपर्छ,’ गालासले भने ।


आर्सनलमा नौ वर्ष रहँदा क्लबलाई तीन प्रिमियर लिग जित्‍न मद्धत गरेका भियरासँग आर्टेटाको भन्दा बढी अनुभव रहेको र उनले क्लबलाई पनि राम्रोसँग बुझेको गालासको जिकिर थियो । ‘उनाइ एम्रीलाई बर्खास्त गरेपछि आर्सनलले भियरालाई क्लबमा ल्याउनु पथ्र्यो । भियरासँग अमेरिका र फ्रान्सका क्लब समहालेको अनुभव छ । उनी लामो समय आर्सनलको कप्तानका रुपमा रहे । त्यसकारण उनले क्लबलाई राम्रोसँग बुझेका छन् । अब फेरी प्रशिक्षक परिवर्तन गर्ने हो भने आर्सनलले भियरार्ला मौका दिनुपर्छ,’ गालासको भनाई थियो ।

गत डिसेम्बरमा आर्सनलको जिमेवारी पाएका आर्टेटाले सुरुकै वर्ष क्लबलाई एफए कप जिताएका थिए । तर यस सिजन आर्सनल प्रिमियर लिगमा संर्घषरत छ । आर्सनल लिगमा १३ खेलबाट १४ अंक बटुल्दै १५ औ स्थानमा छ । उता फ्रेन्च लिगमा निसलाई प्रशिक्षण दिइरहेका भियराले सन्तोषजनक काम गरेका छन् । यस सिजन लिग वानमा ११ औ स्थानमा रहेको निसलाई भियराले गत सिजन छैठौं स्थान दिलाएका थिए ।   


Author

थप समाचार
x