खेलकुद

अल्मुताइरीलाई सम्मान

इकागज |
कात्तिक १४, २०७८ आइतबार १९:३३ बजे

काठमाडौँ - सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् । 

असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा भएको साफ फुटबल च्याम्पियनसिपमा आल्मुताइरीको मुख्य प्रशिक्षणमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेता बनाउन उल्लेखनीय योगदान गरेवापत सरकारले उनलाई सम्मान गरेको हो । सम्मान समारोहमा मन्त्री गहतराजले अल्मुताइरी फुटबल खेलाडीमात्र नभएर छोटो समयमै सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भन्दै प्रशंसा गरे ।



Author

थप समाचार
x