आहा रारा गोल्डकप माघ ६ गतेबाट
सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग
काठमाडौँ - सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना स्वर्गिय सूर्यबहादुर केसीको परिवारले बार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । पोखरामा बुधबार एक कार्यक्रमका बीच स्व.सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नामसमेत परिवर्तन हुने भएको छ ।
क्लबसँग दश वर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार केसी परिवारले एकेडेमीलाई लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने छ । सहयोग र दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन् ।
उनीहरुको शिक्षा दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । यस्तै सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले बताएको छ । फुटबल प्रतियोगिताको मुख्य प्रयोजनसमेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लबले आफैँले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया