खेलकुद

प्रशिक्षकबिना खेलेकी राडुकानु लिन्ज ओपनबाट बाहिरिन्

इकागज |
कात्तिक २४, २०७८ बुधबार १५:२५ बजे

काठमाडौँ- यूएस ओपन जितेकी बेलायती टेनिस स्टार एम्मा राडुकानुले अस्ट्रेलियामा जारी लिन्ज ओपनको अन्तिम १६ बाट बाहिरिएकी छन् । चीनकी वाङ सिन्युसँग पराजित भएसँगै राडुकानुले सिजन समाप्त गरिन् । यो सिजन आफ्नो करियरको पहिलो ग्रान्डस्लाम जितेकी राडुकानुलाई वरियतामा नपरेकी सिन्युले ६–१, ६–७, ७–५ ले पराजित गर्दै लिन्ज ओपनको क्वार्टरफाइनल प्रवेश गरिन् । 

विश्व टेनिसको महिलातर्फको वरियतामा २० औँ स्थानमा रहेकी राडुकानु पहिलो सेटबाटै २० वर्षिय चिनियाँ विपक्षीविरुद्ध संर्घषरत देखिइन् । दोस्रो सेटमा पनि १८ वर्षिय राडुकानु खेलमा फर्कन सकिनन् । उता सिन्युले भने तेस्रो सेटमा पनि आफ्नो बलियो सर्भिसमार्फत प्रभाव कायम राखिन् । सिन्युले अब अन्तिम आठमा अमेरिकी खेलाडी एलिसन रिस्केको सामना गर्नेछिन् । 


अमेरिकाको न्युयोर्कमा सम्पन्न यूएस ओपनको विजेता बनेको केही समयपछि नै प्रशिक्षक विहिन बनेकी राडुकानुले लिन्ज ओपनमा पनि प्रशिक्षकविना नै सहभागिता जनाएकी हुन् । बेलायती सञ्चार माध्यमहरूका अनुसार राडुकानुले टोर्बेन बेल्जलाई प्रशिक्षक बनाउँदै छिन् । बेल्जसँग यसअघि पूर्वविश्व नम्बर एक एन्जेलिक केरबेरलाई प्रशिक्षण दिएको अनुभव छ । उनले केरबेरलाई सन् २०१६मा अस्ट्रेलियन ओपन र यूएस ओपन जित्न मद्दत गरेका थिए ।  
 
 


 


Author

थप समाचार
x