लिभरपुलले सलाहलाई जबरजस्ती क्लबमा राख्दैन: क्लप
काठमाडौं : लिभरपुल प्रशिक्षक यार्गेन क्लपले आफ्ना स्टार फरर्वाड मोहम्मद सलाहलाई क्लबमा जबरजस्ती नराख्ने स्पष्ट पारेका छन् । सलाहले गत साता स्पेनको एक अखबारसँगको अन्तर्वार्तामा आफु लिभरपुलमा बस्ने, नबस्ने मर्सीसाइड क्लबको निर्णय भर पर्ने जिकिर गरेका थिए । त्यसै अन्तर्वार्तालाई आधार मानेर बेलायती प्रेसले सलाहले लिभरपुल छाड्न सक्ने अनुमान गरिरहेको छ ।
प्रशिक्षक क्लपलाई पत्रकारहरुले बारम्बार सलाहको बारेमा सोधेपछि उनले इजिप्सियनलाई आफ्नो निर्णय लिन छुट रहेको बताए । ‘हामी कोही खेलाडीलाई जबरजस्ती क्लबमा राख्दैनौं । यदि कोही लिभरपुल छाड्न चाहाना राख्छ भने उसलाई हामी राक्दैनौं’ क्लपले भने ।
गत सिजन प्रिमियर लिग र त्यस अघि च्याम्पियन्स लिग जितेको लिभरपुल यस सिवन पनि लिग जित्ने दौडमा छ । यस्तो अवस्थामा कोही खेलाडीले लिभरपुल छाड्नु पर्ने कारण नहरेको जिकिर गर्दै क्लपले भने, ‘लिभरपुल छाड्नु पर्ने कुनै कारण म देख्दिन । एउटै कारण यहाँको मौसम हुनसक्छ । यो बाहेक अरु के कारण हुनसक्छ ? ’ क्लपको प्रश्न थियो ।
लिभरपुल विश्वको ठूलो क्लब मध्येको एक भएको र खेलाडीलाई भनेजस्तो तलब दिने गरेको भन्दै क्लपले खेलाडी खरिद बिक्रि नियमित प्रक्रिया रहेको बताए । उनले सलाह आफ्नो टिमका लागि महत्वपूर्ण खेलाडी भएको तर उनको बारेमा उत्पन्न हुने हल्ला महत्वपूर्ण नरहेको पनि उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया