खेलकुद क्षेत्रलाई गतिशील बनाउन सहकार्य आवश्यक : घिसिङ
काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य-सचिव टंकलाल घिसिङले खेलकुद क्षेत्रलाई गतिशील बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । कार्यभार सम्हालेको दोस्रो दिन विभागका समस्या, कार्यप्रगति विवरणलगायतबारे जानकारी लिन गरिएको छलफलमा उनले यस्तो बताएका हुन् ।
बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आआफ्नो विभाग र शाखाकाबारेमा जानकारी गराएका छन् ।
सो छलफलमा घिसिङले प्रशासनिक र प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका जानकारी लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया