‘काभानी युनाइटेडमा पहिलो रोजाइको स्ट्राइकर बन्न समय लाग्छ’
काठमाडौं : यसै सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट म्यानचेस्टर युनाइटेड आएका एडिसन काभानीले आफ्नो नयाँ क्लबको लागि प्रिमियर लिगमा आठ खेल खेलिसकेका छन् । तर ती खेलमध्ये एकमा मात्रै उनले सुरुवाती एघारमा मौका पाए । काभानीलाई पहिलो रोजाइको स्ट्राइकर बनाउनु पर्ने धारणा व्यक्त भइरहे पनि युनाइटेड प्रशिक्षक ओले गनर सोल्स्यारले त्यसलाई अस्वीकार गरिरहेका छन् ।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै सोल्स्यारले काभानीले पहिलो राजाइको भएर खेल्न केही समय पर्खनु पर्ने स्पष्ट पारे । साउथ ह्याम्पटनसँग २-२ को बराबरी खेल्दा युनाइटेडको गरेको दोस्रो गोलका लागि पास उपलब्ध गराएका काभानीले युनाइटेडको जर्सीमा चार गोल गरिसकेका छन् । ‘बक्सिङ डे’ को दिन किङ पावर रगंशालामा लेस्टर सिटीविरुध्दमा भएको खेलमा काभानी बेन्चमा थिए । १-१ को बराबरी रहेको अवस्थामा ७९ औ मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको दोस्रो गोल गर्दा काभानीले असिस्ट प्रदान गरे ।
तीन दिन अघि कारबाओ कपमा भने काभानी पहिलो रोजाइको स्ट्राइकर बनेर खेलेका थिए । जसमा उनले एक गोल गर्दै युनाइटेडलाई एभरटनविरुध्द २-० को जित दर्ता गर्न मद्दत गरे । अघिल्लो खेलमा गोल गरे पनि काभानीलाई शनिबार सुरुवाती एघारमा राखिएन । जसको विरोध गरे, युनाइटेडका पूर्वखेलाडी पउल स्कोल्सले । तर ३३ वर्ष पुगिसकेका काभानीले १६ दिन भित्र ६ खेल खेलिसकेकाले उनलाई अझै केही खेलमा बेन्चमै राखिने सोल्स्यारको भनाइ थियो ।
‘पहिलो रोजाइको स्ट्राइकर बनेर खेल्न काभानीले केही समय पर्खनु पर्नेछ । उनले टिमका लागि राम्रो गरिरहेका छन् । इंग्लिस फुटबलमा उनी विस्तारै बिझिरहेका पनि छन् । उनले आउँदा खेलहरुका मौका पाउने नै छन्,’ सोल्स्यारले भने ।
रासफोर्डको ५० औ गोल
शनिबार साउथ ह्याम्पटनविरुध्द एक गोल गरेसँगै मार्कस रासफोर्डले प्रिमियर लिगमा ५० औ गोल पुरा गरेका छन् । यस वर्ष सामाजिक कार्यमा पनि उत्तिकै खटिएका युवा खेलाडी रासफोर्डको तारिफ गर्न प्रशिक्षक सोल्स्यारले छुटाएनन् ।
‘यवा रासफोर्डले खेलाडीका रुपमा त आफ्नो भूमिका पुरा गरेकै छन् । साथै सामाजिक कार्यमा पनि आफूलाई अगाडि बढाइरहेका छन् । जुन प्रशंसनीय छ,’ सोल्स्यारले भने,‘उनी हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन् । उनी गोल गर्न मात्रै होइन गोलको अवसर सिर्जना गर्न पनि निपुर्ण छन् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया