वेस्टब्रुमसँगकाे बराबरी हार जस्तै : लिभरपुल प्रशिक्षक क्लप
काठमाडौं : लिभरपुल प्रशिक्षक योर्गेन क्लपले प्रिमियर लिगमा वेस्टब्रुमसँगको बराबरीलाई हारसँग तुलना गरेका छन् । प्रिमियर लिगको शिर्षस्थानमा रहेको लिभरपुलले रेलिगेसन क्षेत्रमा रहेको वेस्टब्रुमसँग आइतबार १-१ को बराबरी खेलेको थियो ।
‘यो बराबारी हार सरह छ । तर पहिलेको भन्दा एक अंक मात्रै भएपनि बढेकाले चित्त बुझाउन आवश्यक छ । हामीले सोचे अनुसारको खेल्न सकेनौ । यो कुरा खेलाडीहरुलाई पनि थाहा छ,’ खेलपछि पत्रकारहरूसँग कुरा गर्दै क्लपले भने । वेस्टब्रुमले बराबरीमा रोकेपछि लिभरपुलले अंक तालिकामा पाँच अंकको अग्रता बनाउने मौका गुमायो । जारी सिजनमा एक खेलमा मात्र हार ब्यहोरेको लिभरपुलले ३२ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको एभरटनको २९ अंक छ ।
लिभरपुलले अब बिहीबार न्यूकासल युनाइटेडको सामना गर्दैछ । क्लपले त्यस खेलका लागि भिन्नै तरिकाले तयारी गर्नुपर्ने बताएका छन् । ‘हामीले न्यूकासलको खेललाई फरक तरिकाले सम्बोधन गर्नुपर्ने आवश्यकता छ । हामी त्यस खेलमा आक्रमण देखि रक्षात्मक सबै योजनामा सशक्त हुनुपर्छ । नत्र त्यस खेलमा पनि हामी बराबरीमा रोकिन सक्छौ,’ क्लपले थपे ।
खेलमा साडियो मानेले लिभरपुललाई सुरुवाती अग्रता दिलाए पनि ८२ औ मिनेटमा वेस्टब्रुमका सेमी अजायीलाई गोल गर्नबाट रोक्न नसक्दा एनफिल्डमा भएको खेल बराबारीमा टुङ्गियो । दुई अंक गुमाएको खेलमा लिभरपुलले रक्षक जोएल माटिपलाई पनि गुमायो । लिभरपुलका पहिलो रोजाइका दुई रक्षक पहिला बाटै लामो समयका लागि मैदान बाहिर रहेको अवस्थामा माटिपको चोटले लिभरपुल थप पिरोलिने देखिएको छ । क्यामरुनका माटिपले कमसेकम न्यूकासलको खेल गुमाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया