खेलकुद

म्यानचेस्टर युनाइटेडमा सोल्स्यारको ब्रुनो रणनीति‍

इकागज |
पुस १४, २०७७ मंगलबार ९:४६ बजे

काठमाडौं : प्रिमियर लिगमा गत शनिबार म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिडिरहँदा ब्रुनो फर्नान्डेजले धेरै पटक बल गुमाए । तर बल गुमाउना साथ फर्नान्डेज बल खोस्‍न सक्रिय भइहाल्थे । फर्नान्डेज खेलभरी नै उर्जावान देखिन्‍छन् । उनको यही बानी युनाइटेड प्रशिक्षक ओले गनर सोल्स्यारलाई मनपर्छ ।

गत जनवरीमा युनाइटेड आइपुगेका फर्नान्डेज एरिक क्यान्टोना पथमा छन् । फ्रेन्च फरर्वाड क्यान्टोना युनाइटेड आएको पहिलो वर्षमै प्रभाव जमाउन सफल भएका थिए । पोर्चुगिज फर्नान्डेजले पनि युनाइटेडको जर्सीमा ४४ खेल खेल्दा २६ गोल र १६ असिस्टको योगदान गरिसके । फर्नान्डेज गोल गर्नमा मात्र होइन गोलको अवसर सिर्जना गर्न पनि निपुर्ण छन् ।  लेस्टरविरुद्ध मार्कस रासर्फोडले गोल गर्दा फर्नान्डेजले पास मिलाएका थिए ।


मौउरिन्होलाई युनाइटेडबाट विदा गरिएपछि आएका सोल्स्यारले आक्रमक फुटबल खेलाउने वाचा गरेका थिए । उनले आफ्नो वाचा पूरा गर्ने प्रयत्न गरिरहँदा फर्नान्डेजको भूमिका महत्वपूर्ण छ । कुनै पनि ‘एट्याकर’ ले खेलमा अरुले भन्दा बढी ‘रिस्क’ लिन्छ । फर्नान्डेज पनि त्यसै गर्छन् । प्रशिक्षक सोल्स्यार पनि फर्नान्डेजलाई त्यस्तो स्वतन्त्रता दिन्छन् । ‘फर्नान्डेज निडर छन् । कहिलेकाँही उनले सामान्य पास खेले पनि हुने जस्तो लाग्छ । तर उनको असमान्य पासले हामीलाई खेल जिताउछ,’ सोल्स्यार भन्छन् ।

फर्नान्‍डेज तीव्र गतिमा खेल्ने प्रयास गर्छन् । आफ्ना सहकर्मीलाई पास मिलाउन उनलाई सधै हतार हुन्‍छ । तर फुटबलमा हतारको पास सधै सफल हुन्‍छ भन्‍ने हुँदैन । फर्नान्‍डेजले खेलमा हतार नगर्ने हो भने युनाइटेडका फर्वाडले काउन्टरमा गोल गर्ने सम्भावना पनि त रहँदैन ।

फर्नान्डेज तिब्र गतिमा खेल्ने प्रयास गर्छन् । आफ्ना सहकर्मीलाई पास मिलाउन उनलाई सधै हतार हुन्छ । तर फुटबलमा हतारको पास सधै सफल हुन्छ भन्‍ने हुँदैन । फर्नान्डेजले खेलमा हतार नगर्ने हो भने युनाइटेडका फर्वाडले काउन्टरमा गोल गर्ने सम्भावना पनि त रहँदैन । किन की प्राय काउन्टर फर्नान्डेजकै पासबाट सुरु हुन्छ । एक वर्षअघि स्र्पोटिङ लिस्बनबाट युनाइटेड आएपछि फर्नान्डेजले निरन्तर गोल गरिरहेका छन् । सहकर्मीका लागि असिस्ट दिइरहेका छन् । उनको आगमनले युनाइटेड नै परिवर्तन भएको छ भन्दा पनि हुन्छ ।

मौउरिन्होले युनाइटेड छाडेपछि टोटनहममा रहेका मौउरिसियो पोचेटिनोलाई प्रशिक्षकका रुपमा भित्र्याउने सपना नदेखिएको होइन । सोल्स्यार आइपुग्दा पनि दिर्घकालिन प्रशिक्षक पोचेटिनोलाई नै बनाउनु पर्ने धारणा ब्यक्त भइरह्यो । तर पछिल्ला केही महिना देखि त्यस्तो धारणा आउन बन्द भएको छ । त्यसको एउटा कारण, फर्नान्डेज पनि हुन् ।

युनाइटेडले पछिल्ला आठ खेलमा अपराजित रहँदै २० अंक जोड्दा फर्नान्डेज एक्लैले सात गोल गरेका छन् ।  सोल्स्यारको शब्दमा फर्नान्डेज युनाइटेडको ‘एक्स फ्याक्टर’ हुन् । तर फर्नान्डेजको प्रशंसा गरिरहँदा युनाइटेड विस्तारै पोर्चुगिजमाथि बढी नै अश्रित हुँदै गएको तथ्य भुल्न मिल्दैन । युनाइटेडले जारी सिजनमा खेलेका खेलहरूको विश्लेषण गर्ने हो भने सोल्स्यारको रणनीति फर्नान्डेज हुन् ।

अथवा, फर्नान्डेज खेलमा नचल्ने हो भने सोल्स्यारको रणनीति पनि चल्दैन । यदि फर्नान्डेजले गोल गरिरहेका हुँदैन थिए भने सोल्स्यारको ठाउँमा पोचेटिनो हुनुपर्छ भन्‍ने माग उठिरहेको हुन्थ्यो । फर्नान्डेजले युनाइटेडमा जसरी २०२० को सुरुवात गरे त्यही लयमा वर्षको अन्त्य पनि गर्दैछन् । अगामी वर्ष पनि उनले यही लय कायम गरुन् भन्‍ने आशा गरिरहेका छन्, युनाइटेड सर्मथक । त्यसमा सामेल छन् सोल्स्यार पनि ।   (बेलायती सञ्चारमाध्यम दि इन्डिपेन्डेन्टबाट) 


 


Author

थप समाचार
x