खेलकुद

राखेप सदस्यसचिव सिलवाललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

इकागज |
मंसिर २९, २०७८ बुधबार १६:२६ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई पुनर्वहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । सरकारले सिलवाललाई बर्खास्त गरेपछि उनी अदालत पुगेका थिए । सिलवालको रिटमाथि सुनुवाई गर्दै अदालतले सिलवाललाई पुरानै अवस्थामा काम गर्न दिन आदेश दिएको हो । 

अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई समेत काम गर्न नदिन भनेको छ ।  


सरकारले कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । सदस्य सचिवबाट आफुलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी रहेको दाबी गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सिलवालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले पुनर्वहालीको फैसला गरेको छ । 

सिलवाललाई पदमुक्तको निर्णय गरेको सरकारले मंसिर १३ गते राखेपको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।


Author

थप समाचार
x