अस्ट्रेलियन ओपन खेल्ने ग्यारेन्टी दिन सक्दिनँः नाडाल
काठमाडौँ- स्पेनका राफाएल नाडालले अस्ट्रेलियन ओपनमा भाग लिने वा नलिने भन्नेबारे आफूलो निर्णय गरिनसकेको बताएका छन् । चार महिनापछि मुबाडाला विश्व टेनिस प्रतियोगितामार्फत टेनिसमा फर्किएका नाडालले अस्ट्रेलियन ओपनमा भाग लिने ग्यारेन्टी दिन नसक्ने बताएका हुन् ।
खुट्टाको चोटका कारण लामो समय कोर्टबाहिर रहेका नाडालले शुक्रबार राति संयुक्त अरब इमिरेट्सको आबुधाबीमा जारी मुबाडालाको सेमिफाइनलमा हार बेहोरे । उनलाई एन्डी मुरेले हराए । यो प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानेर गरिएको विश्लेषण अनुसार नाडालको फिटनेसमा व्यापक सुधार आएको छ ।
तर २० पटक ग्रान्डस्लाम जितेका ३५ वर्षीय नाडालले आउँदो जनवरी १७ बाट मेलबर्नमा सुरु हुने अस्ट्रेलियन ओपन खेल्नेबारे अहिले नै केही भन्न नसकिने प्रष्ट पारे । ‘म अस्ट्रेलियन ओपन खेल्न चाहन्छु । तर शत प्रतिशत फिटनेस भए मात्रै । करिब ६ महिनापछि आधिकारीक खेलका लागि म कोर्टमा फर्किएको हो । यो मेरा लागि सकारात्मक अनुभव रह्यो । तर अस्ट्रेलियन ओपनमा खेल्न सक्छु वा सक्दिनँ भन्ने चाहिँ थाहा छैन,’ नाडालले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया