आर्मीलाई क्लब लाइसेन्स हस्तान्तरण
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी कलबलाई एएफसी फुटबल महासंघ (एएफसी) ले प्रदान गरेको क्लब लाइसेन्स बुधबार हस्तान्तरण गरिएको छ । यससँगै, एएफसीले सञ्चालन गर्ने क्लब फुटबल प्रतियोगितामा भाग लिन अनिवार्य रूपमा आवश्यक पर्ने लाइसेन्स पाउने एकमात्र नेपाली टोली आर्मी क्लब बनको छ ।
नेपाल आर्मीको मुख्यालयमा आयोजना गरिएको कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानेनापति पुर्णचन्द्र थापालाई सो लाइसेन्स हस्तान्तरण गरे । नेपालको उपल्लो श्रेणीको प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग खेलेका १४ क्लबले एएफसी लाइसेन्सका लागि आवेदन दिएपनि आर्मीले मात्र मान्यता पाएको हो ।
गत वर्षको लिगमा दोस्रो स्थान प्राप्त गरेको आर्मीले अब एएफसी कपमा भाग लिने छ । नेपाली लिग विजेताले एएफसी कपमा भाग लिन पाउने भए पनि लिग विजेता मछिन्द्र क्लबले लाइसेन्स नपाएकाले आर्मी एसियाली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगितामा स्वतः छनौट भएको हो । १८ औ संस्करणको एएफसी कप सन् २०२१ मा सञ्चालन हुनेछ ।
यसअघि नेपालबाट मनाङ मर्स्याङदीले सन् २०१९ को एएफसी कप संस्करणमा भाग लिएको थियो । आर्मी यस प्रतियोगितामा भाग लिने नेपालको दोस्रो क्लब हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया