चीनमा राष्ट्रिय फुटबल टिमका खेलाडीलाई ट्याटु नखोप्न निर्देशन, खोपेको भए छोप्न उर्दी
काठमाडौँ- चीनको राष्ट्रिय टिमबाट खेल्ने फुटबल खेलाडीहरूले ट्याटु खोप्न नपाउने भएका छन् । फुटबल खेलाडीहरू समाजका लागि रोलमोडल बन्नुपर्ने भएकाले ट्याटु उनीहरूका लागि अशोभनिय हुने चिनियाँ सरकारको जिकिर छ ।
खेलाडीहरूले ट्याटु खोपि सकेको भए त्यसलाई छोप्न निर्देशन जारी गरिएको छ । पछिल्लो समय चीनमा नाम चलेका फुटबल खेलाडीहरूले ट्याटु खोप्ने चलन बढेको छ । तर अब भने यसलाई रोक्न चिनियाँ अधिकारीहरू लागी परेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ सिनियर टिमका रक्षक झाङ लिनपेङलाई ट्याटु हटाउन निर्देशन दिइसकिएको छ ।
खेलाडीहरू अनुशासनमा रहुन् भनेर उनीहरूलाई ट्याटु खोप्न प्रतिबन्ध लगाइएको चिनियाँ सरकारको खेलकुद विभाग जीएएसले जनाएको छ । ‘सिनियर टिम र उमेहर समूहका टिमहरुका सबै खेलाडी ट्याटुरहित हुनुपर्नेछ । यदि कसैले ट्याटु खोपिसकेको छ भने उसले त्यसलाई हटाउन आवश्यक छ,’ जीएएसले भनेको छ ।
चिनियाँ खेलकुद विभागले खेलाडीहरूलाई राजनीतिक प्रशिक्षण पनि दिने बताएको छ । ‘खेलाडीहरुले चीनको राजनीति विचारधारा बुझ्न आवश्यक छ । उनीहरूका लागि प्रशिक्षणको व्यवस्था गरिनेछ । ताकि उनीहरूमा जिम्मेवारीको भावना आओस् र देशप्रतिको सम्मान बढोस्,’ जीएएसको भनाइ छ । अब उप्रान्त अन्डर–२० टिमका लागि ट्याटु खोपेका खेलाडीहरुलाई छनौट नगरिने पनि प्रष्ट पारिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया