पीएसजीका खेलाडीहरुले आफूलाई प्रमाणित गर्नुपर्छः पोचेटिनो
काठमाडौं: फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका माउरिसियो पोचेटिनोले क्लबका अन्तराष्ट्रिय स्टारहरूले आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने बताएका छन् । शनिबार पीएसजीका प्रशिक्षकमा नियुक्त भएका पोचेटिनोले पीएसजीका खेलाडीहरूले फ्रेन्च लिग च्याम्पियनको जर्सी लगाएपछि अपेक्षा गरे अनुसारको खेल देखाउनु पर्ने धारणा व्यक्त गरे ।
‘हामीसँग प्रतिभाशाली खेलाडीहरु छन् । उनीहरुले क्लबको उद्देश्य अनुरुपको खेल्नुपर्छ । नत्र उपाधि जित्न सकिँदैन । उनीहरुले आफु यस क्लबको जर्सी लगाउन उपयुक्त छु भनेर सिद्ध गर्नुपर्छ,’ सन् २००१ देखि २००३ सम्म पीएसजीबाटै खेलेका पोचेटिनोले भने । पीएसजीले थोमस टुचेललाई यस्तै साता बर्खास्त गरेपछि, नयाँ प्रशिक्षक बनेका पोचेटिनोले क्लबसँग जुन २०२२ सम्मको सम्झौता गरेका छन् ।
‘अहिलेका लागि क्लबमा रहेका हामी सबै प्रशिक्षक, खेलाडी र अन्य सदस्यहरू सबै एकढिक्का भएर अघि बढ्नुपर्छ । हामी सबैले क्लबका लागि आ-आफ्नो स्थानमा योगदान गर्नुपर्छ र धेरै भन्दा धेरै उपाधि जित्ने बाटोमा अघि बढ्नुपर्छ । हामीले क्लबको जगलाई बलियो बनाउँदै अघि बढ्नु पर्छ,’ पोचेटिनोले भने ।
जारी लिग वानमा १७ खेलमा ३५ अंक बनाएको पिएसजी तालिकाको तेस्रो स्थानमा छ । पीएसजीले बुधबार सेन्ट एटिनेको समाना गर्दैछ । पोचेटिनोले त्यस खेलको तयारीका लागि आइतबारबाट सुरु हुने प्रशिक्षण सम्हाल्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया