'आफू सुरक्षित भएको प्रमाण नदेखाए जोकोभिचलाई अस्ट्रेलियाबाट फर्काइनेछ'
काठमाडौँ- जनवरी १७ बाट अस्ट्रेलियन ओपन सुरु हुँदैछ । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा सहभागी हुने सबै खेलाडीले कोभिड–१९ विरुद्धको खोप लगाएको हुनुपर्ने नियम छ । तर यो नियमबाट नोभाक जोकोभिचले छुट पाएका छन् ।
अस्ट्रेलियन ओपनको पछिल्ला तीन संस्करण जितेका जोकोभिच यसपालि मेलबर्न पुग्छन् वा पुग्दैनन् भन्ने टुंगो थिएन । आफूले कोभिडविरुद्धको खोप लगाएको वा नलगाएको विषयमा जानकारी दिन अस्विकार गरेको जोकोभिचले मंगलबार मात्रै अस्ट्रेलियन ओपनमा भाग लिने निर्णय सुनाएका थिए ।
खोप लगाएको हुनुपर्ने नियमबाट छुट पाएका जोकोभिचले आफू सुरक्षित भएको प्रमाण भने पेश गर्नु पर्नेछ । अनिवार्य खोपको नियमबाट जोकोभिचलाई छुट प्रदान गरिएपछि यसको विरोध भइरहेको छ । यस्तो विरोधलाई मत्थर पार्ने उदेश्यले अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनको अभिव्यक्ति आएको छ ।
‘उनले आफू सुरक्षित रहेको प्रमाणित गर्नु पर्नेछ । उनले पेश गरेको प्रमाण हाम्रो गाइडलाइन अनुसारको हुनु पर्नेछ । उनले कस्तो प्रमाण पेश गर्छन्, हामी यसको प्रतिक्षमा छौँ । प्रमाण चित्तबुझ्दो नभए उनलाई तुरुन्तै फर्काइनेछ । किनभने हामी सबैलाई उस्तै व्यवहार गर्न चाहन्छौँ,’ मोरिसनले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया