आर्मीलाई हराउँदै न्यु डायमण्डको विजयी सुरुवात
पोखरा–त्रिभुवन आर्मी क्लबलाई हराउँदै न्यु डायमण्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेको छ। पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपको पहिलो खेलमा डायमण्डले आर्मीलाई पाखा लगाएको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको पहिलो खेलमा डायमण्डले आर्मीलाइ ३–१ को सेटमा हरायो ।
डायमण्डले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ ले जित हासिल गरेको हो । तेस्रो सेट आर्मीले २५–१३ ले आफ्नो पक्षमा पार्यो । चौंथो सेटमा २५–१७ ले विभागीय टोली आर्मीलाई पछि पार्दै डायमण्डले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
यो प्रतियोगितामा महिला भलिबलतर्फ न्यु डायमण्डसँगै नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र आयोजक टाइगर ग्रुपले सहभागिता जनाएका छन्।
जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
राउण्ड रोविन लिगको आधारमा प्रतियोगिा सञ्चालन हुनेछन् । जारी प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया