रोमाञ्चक खेलमा न्यु डायमण्डमाथि एपीएफको जित
पोखरा– दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ एपीएफले दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार भएको रोमाञ्चक खेलमा न्यु डायमण्ड क्लबमाथि एपीएफले जित निकालेको हो ।
न्यु डायमण्डलाई एपीएफले ३–२ को सेटमा हराएको हो।
पहिलो सेट न्यु डायमण्डले २५–२१ ले जितेको थियो । तर, दोस्रो सेट एपीएफले २५–२१ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट न्यु डायमण्डले २५–१० को नतिजाले जित दर्ता गर्दा चौंथो सेट एपीएफको नाममा रह्यो । २५–१२ ले एपीएफले जित्दै खेल २–२ को सेटमा पुग्यो ।त्यसपछि पाँचौ सेटमा एपीएफले १५–८ ले जित्दै न्यु डायमण्डले प्रतियोगितामा पहिलो हार व्यहोरेको हो।
न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा छ भने एपीएफले ३ खेलमा ५ अंक जोडेको छ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ । राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया