खेलकुद

आइभरी कोस्टका गोलरक्षक सेल्भेनमाथि प्रतिबन्ध

इकागज |
पुस २८, २०७८ बुधबार १५:४३ बजे

काठमाडौं – आइभरी कोस्टका गोलरक्षक सेल्भेन ग्बोहो प्रतिबन्धमा परेका छन् । फिफाले सेल्भेनमाथि लागूऔषध प्रयोग गरेको भन्दै प्रतिबन्ध लगाएको हो ।
उनले औषधी प्रयोग गरेको पुष्टि भएकाले प्रतिबन्धमा परेका हुन् । उनी प्रतिबन्धमा परेसँगै अफ्रिका कप अफ नेसन्समा खेल्न नपाउने भएका छन् ।

उनी इथोपियाको ओलकिटे सिटीका लागि व्यावसायिक फुटबल खेल्दै आएका छन् । सेल्भेनले विश्व एन्टी–डोपिङ एजेन्सीले उत्तेजक औषधीको रुपमा वर्गीकरण गरेको मुटुको औषधि ट्राइमेटाजिडिनको प्रयोग गरेको पाइएको थियो । 


फिफाले उनलाई फुकुवा गर्नसक्ने सम्भावना अपेक्षाका साथ आइभरी कोस्टले सेल्भेनलाई टिममा भने राखेको छ। अफ्रिकन कप अफ नेसन्स अन्तर्गत आइभरी कोस्टले इक्वाटोरियल गिनीविरुद्ध खेल्दैछ । 
 


Author

थप समाचार
x