आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश गएका कर्णालीका खेलाडीले ल्याए दुई स्वर्ण
सुर्खेत - बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डाे संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् ।
प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा काँस्य पदक जितेका थिए । यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी. कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी. कुमितेमा काँस्य पदक जितेका थिए ।
निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । साे अवसरमा सरोकारवाला निकायसँग कर्णालीका खेडालीको उनीहरूकाे खर्चसिहतका विषयमा ध्यानाकर्षण गराइने खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए ।
नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदीपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाई दिँदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया