सोल्स्यारको क्लपलाई जवाफ, म अरु टिमको पेनाल्टी गन्ती गर्दिनँ
काठमाडौं: लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले म्यानचेस्टर युनाइटेडले धेरै पेनाल्टी पाउने गरेको भनेर दिएको अभिब्यक्तिलाई ओले गनर सोल्स्यारले रेफ्रीलाई प्रभावमा पार्ने प्रयास भनेर प्रतिक्रिया दिएका छन् । क्लपले सोमबार आफ्नो टिम साउथह्याम्पटनसँग पराजित भएपछि पत्रकारहरुसँग कुरा गर्दै युनाइटेडको नाम उल्लेख गरेका थिए ।
‘म लिभरपुल आएको साढे पाँच वर्ष भयो । तर यो अवधिमा लिभरपुलले पाएको पेनाल्टी संख्या भन्दा युनाइटेडले दुई वर्षमा पाएको पेनाल्टी संख्या धेरै छ,’ क्लपले भनेका थिए । यस सिजन युनाइटेडले प्रिमियर लिगमा ६ पेनाल्टी पाएको छ भने सबै प्रतियोगितामा गरी कुल ११ पेनाल्टी प्राप्त गरेको छ । उता लिभरपुलले लिगमा युनाइटेडको भन्दा मात्र एक पेनाल्टी कम पाएको छ ।
लिगमा दुई क्लबले झन्डै बराबर पेनाल्टी पाएको भए पनि क्लपले सोल्स्यार प्रशिक्षक बनेर आएपछि युनाइटेडले पाएको पेनाल्टी तर्फ इंङगित गर्दै थिए । सन् २०१८ को डिसेम्बर देखि सोल्स्यारको नेतृत्वमा रहेको युनाइटेडले सबै प्रतियोगितामा गरेर ४२ पेनाल्टी प्राप्त गरेको छ भने त्यही अवधिमा १९ पेनाल्टी पाएको छ । ‘अरु टिमले कति पेनाल्टी पाएको छ म त्यसको गन्ती गर्दिन । त्यसकारण हामीले कति पाउँछौ त्यसको गन्ती उनीहरु गर्छन् भने मैले केही छैन,’ सोल्स्यारले भने ।
युनाइटेडले जारी सिजनमा पाएको पेनाल्टीका बारेमा क्लप बाहेक चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले पनि टिप्पणी गरेका थिए । गत सिजन एफए कप सेमिफाइनल अघि लाम्पार्डले युनाइटेडका प्रशिक्षक सोल्स्यारले पेनाल्टी पाउनका लागि रेफ्रीलाई प्रभावमा पार्न कोशिस गर्ने गरेको भन्ने अभिब्यक्ति दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया