पीएम कप टी–२० राष्ट्रिय क्रिकेट : खेलाडीमा कोभिड संक्रमण देखिपछि खेल स्थगित
काठमाडौं - काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीमा कोभिड संक्रमण देखिएको छ । शनिबार तय भएको नेपाल पुलिस र प्रदेश एकको खेलमा कोरोना संक्रमण भएपछि खेल स्थगित गरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश एकका एक खेलाडीमा कोरोना देखिएको बताएको छ ।
‘प्रदेश एकको खेलाडीहरूको कोभिड परिक्षण गर्दा एक खेलाडीको मात्र पोजिटिभ रिपोर्ट आएको क्यानले बताएको छ । समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ । स्थगित खेल भोलि (सोमबार) हुने र आज (आईतबार) का खेल नियमित समयमा सुरु हुनेसमेत क्यानले जनाएको छ । आइतबार पीएम कपमा दुई खेल हुनेछ । प्रदेश एक र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया