खेलकुद

विश्व नम्बर दुई मेदभेदेब अस्ट्रेलियन ओपनको चौथो चरणमा

इकागज |
माघ ८, २०७८ शनिबार १५:३ बजे

काठमाडौँ- विश्व टेनिस वरीयतमा दोस्रो स्थानमा रहेका डानिल मेदभेदेब अस्ट्रेलियन ओपनको चौथो चरणमा पुगेका छन् । चौथो चरणमा स्थान पक्का गर्न मेदभेदेबले नेदरल्यान्ड्सका बोटिक भान डे जान्डस्कल्पलाई ६–४ ६–४ ६–२ ले पराजित गरे । 

यी दुई खेलाडीको भेट गत वर्षको यूएस ओपनमा पनि भएको थियो । क्वार्टरफाइनलको त्यो भेटमा मेदभेदेब विजयी बनेका थिए । तर अन्तिम आठको त्यो भिडन्तमा मेदभेदेबले एक सेट भने हारेका थिए । जुन मेदभेदेबले प्रतियोगिताभर हारेको एउटा मात्रै सेट थियो । अन्ततः फाइनलमा नोभाक जोकोभिचलाई निराश बनाउँदै मेदभेदेबले यूएस ओपनको फाइनल जितेका थिए । 


यसपालि अस्ट्रेलियनओपनमा सर्बियाका जोकोभिच छैनन् । यसकारण मेदभेदेब नै मेलबर्नमा जारी ग्रान्डस्लामको माथिल्लो वरीयताका पुरुष खेलाडी हुन् । जो करियरको दोस्रो ग्रान्डस्लाम जित्ने अभियानमा छन् । अब मेदभेदेबले आन्तिम आठमा पुग्नका लागि क्रिस्टोफर ओकोनेल र म्याक्सिम क्रेसीबीचको विजेताको सामना गर्नेछन् । 


Author

थप समाचार
x