अस्ट्रेलियन ओपनः २१ औँ ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल क्वार्टरफाइनलमा
काठमाडौँ- विश्व टेनिसमा पुरुषतर्फ रोजर फेडेरर, राफाएल नाडाल र नोभाक जोकोभिचले २०–२० ग्रान्डस्लाम जितेका छन् । सर्बियाका जोकोभिचले सन् २०२१ मा मात्रै आफूले जितेको ग्रान्डस्लामको संख्या २० पुर्याएका थिए । हुन त गत वर्ष उनीसँग मौका थियो, २१ औँ ग्रान्डस्लाम जित्ने । तर उनको यो लक्ष्य यूएस ओपनको फाइनल हारेपछि पूरा हुन सकेन ।
अब यो अवसर नाडालसँग छ । किनभने उनी अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेका छन् । अब आउँदा तीन खेल जिते नाडालले २१ औँ ग्रान्डस्लाम जित्ने छन् । नाडाल १४ औँ पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेका हुन् । यसो गर्नका लागि नाडालले एड्रियान मान्नारिनोलाई ७–६, ६–२, ६–२ ले पराजित गरे ।
यसपालिको अस्ट्रेलियन ओपनमा नाडालका दुई प्रतिद्वन्द्वी फेडेरर र जोकोभिच छैनन् । फेडेरर फिटनेसको कारण मेलबर्न पुग्न नसकेका हुन् । अनि भिसा समस्याका कारण जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाममा भाग लिन नपाएका हुन् । यी कारणले गर्दा नाडाललाई २१ औँ ग्रान्डस्लाम जित्ने लक्ष्यमा असफल बनाउन सक्ने खेलाडीको संख्या कम छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया