भारतमाथि दक्षिण अफ्रिकाको ‘क्लिन स्विप'
काठमाडौँ - दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय शृंखला ‘क्लिन स्विप'गरेको छ । प्रतिस्पर्धात्मक बनेको तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले शृंखला ३-० ले आफ्नाे पक्षमा पारेको हो ।
२८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २८३ रनमा समेटियो ।
भारतका विराट कोहलीले सर्वाधिक ६५ रन जोडे । यस्तै शिखर धवनले ६१ रन बनाउदा दिपक चाहरले ५४ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३-३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउदै २८७ रनको योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १२४ रनको शतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले ५२ तथा डेभिड मिल्लरले ३९ रनको योगदान गरे ।
भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । यस्तै दिपक चाहर र जस्प्रित बुम्राहले समान दुई विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया