पूर्वउपविजेता मेदभेदेब पनि अस्ट्रेलियन ओपनको अन्तिम आठमा
काठमाडौँ- रुसका डानिल मेदभेदेबले पनि अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । गत वर्षको अस्ट्रेलियन ओपनको फाइनलसम्मको यात्रा गरेका मेदभेदेबले सोमबार भएको चौथो चरणका खेलमा अमेरिकी विपक्षी म्याक्सिम क्रेसीलाई ६–२, ७–६, ६–७, ७–५ ले पराजित गरे ।
मेदभेदेब आफ्नो करियरको दोस्रो ग्रान्डस्लाम जित्ने अभियानमा छन् । उनले गत वर्ष यूएस ओपन जितेका थिए । त्यो पनि नोभाक जोकोभिचलाई उपाधि भिडन्तमा पछि पारेर । त्यसअघि उनी अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचसँगै पराजित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया