खेलकुद

भारतविरुध्द स्मिथको शतक

इकागज |
पुस २४, २०७७ शुक्रबार १४:२६ बजे

काठमाडौं : अस्ट्रेलिया र भारतबीच जारी तेस्रो टेस्टको दोस्रो दिन समाप्त हुँदा भ्रमणकारी टोलीले दुई विकेटको क्षतिमा ९६ रन जोडेको छ । खेलमा अस्ट्रेलियाका स्टिभ स्मिथले शतक प्रहार गरेपनि भारतका लागि रबिन्द्र जडेजा र शुभम गिलको सन्तोषजनक प्रदर्शन गर्दा भारत खेलमा सन्तुलन कायम गर्न सफल रह्यो । 

जडेजाले चार विकेट लिदाँ अस्ट्रेलिया पहिलो इनिङ्समा तीन सय ३८ रनमा समेटियो । गिलले पाहुना टिमका लागि ५० रन बनाए । सिड्नीमा राम्रो लयमा देखिएका गिलले घरेलु विरुद्ध प्रहार गरेको अर्धशतक उनको टेस्ट करियरकै पहिलो थियो । टेस्टमा  जडेजा बाहेक भारतका विश्वासिला बलर जसप्रित बुमराह पनि खेलमा प्रभावशाली देखिए । उनले दुई विकेट लिए भने नवदिप शैनीले पनि अस्ट्रेलियाका दुई ब्याट्सम्यानलाई पभेलियन फर्काए । 


जडेजाबाट रन आउट भएका स्मिथले कुल एक सय ३१ रन बनाए भने मार्नस लनबुसानेले ९१ रनको योगदान गरे । उता भारतका लागि रोहित शर्माले २६ रन मात्र बनाए । कप्तान अजिनक्या रहाने र चेतेश्वर पुजारा क्रमशः नौ र पाँच रन बनाएर खेलिरहेका छन् । भारत दुई सय ४२ रनले पछाडि छ ।   


Author

थप समाचार
x