पीएसजीमा मेस्सी जस्ता विश्वस्तरीय खेलाडीलाई स्वागत गरिन्छ : पोचेटिनो
काठमाडौं : लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता आउँदो जुन ३० मा सकिँदैछ । जारी सिजनको अन्त्यसँगै उनलाई कुनै पनि क्लबले सरुवा रकम नतिरी अनुबन्ध गर्न सक्छन् । मेस्सी अर्को सिजनमा कुन क्लबमा हुनेछन् भन्ने विषयमा अड्कलबाजी भइरहँदा उनी बारम्बार पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग जेडिँदै आएका छन् ।
केही साता अघि मात्रै पनि पीएसजीका स्टार फरर्वाड नेयमारले अर्को सिजन मेस्सीसँग एउटै क्लबमा खेल्ने ईच्छा रहेको बताएका थिए । मेस्सी पीएसजी जान सक्ने हल्ला चलिरहँदा भर्खरै फ्रेन्च च्याम्पियनको जिम्मेवारी सम्हालेका माउरिसियो पोचेटिनोले आफ्नो क्लबमा उच्चस्तरीय खेलाडीलाई सधै स्वागत गरिने बताएका छन् । उनले मेस्सीको नाम नलिइकनै विश्वस्तरीय खेलाडीहरूका लागि पीएसजीको ढोका सधै खुल्ला रहेको बताएका छन् ।
‘विभिन्न हल्ला चलिरहन्छन् । त्यसमा मेरो कुनै टिप्पणी छैन । तर जो सुकै विश्वस्तरीय खेलाडी पीएसजी आउन चाहे उनीहरूलाई स्वागत गर्न हामी तयार छौं,’ मेस्सी पीएसजी आउने हल्लाका विषयमा सोधिएको प्रश्नमा उनको प्रतिक्रिया थियो, ‘पीएसजी विश्व फुटबलमा ठूलो क्लब मध्येको एक हो । त्यसकारण, विभिन्न खेलाडीहरू हाम्रो क्लबसँग जोडिन्छन्, जुन स्वभाविक हो,’ पेरिसमा कतारीको लगानीमा सञ्चालित क्लबमा जर्मन प्रशिक्षक थोमस टुचेलको ठाउँमा आइपुगेका पोचेटिनोसँग नेयमार र किलियिन एमबाप्पे जस्ता विश्वस्तरीय खेलाडी भए पनि मेस्सी अनुबन्धन हुनसक्ने हल्ला निरन्तर चलिरहेको छ ।
मेस्सीले पछिल्लो समया आफ्नो भविष्यका बारेमा कुनै पनि टिप्पणी नगरे पनि उनी पीएसजी वा म्यानचेस्टर सिटी जानसक्ने बताइदै आएको छ । ६ पटक बालोनडोर जितेका फरर्वाडले बार्सिलोनामा तलबका रूपमा ठुलो रकमपाउने भएकाले त्यही स्तरको तलब पीएसजी वा सिटी बाहेकका क्लबले प्रस्ताव गर्न नसक्ने विश्लेषकहरूको बुझाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया