खेलकुद

सिटसिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

इकागज |
माघ १२, २०७८ बुधबार १६:६ बजे

काठमाडौँ- ग्रिसका स्टेफानो सिटसिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा जारी यो ग्रान्डस्लामको अन्तिम चारमा स्थान सुरक्षित गर्न सिटसिपासले बुधबार यानिक सिनरलाई ६–३, ६–४, ६–२ ले पराजित गरे । 

फाइनल पुग्न सिटसिपासले अब डानिल मेदभेदेब र फेलिक्स अगर एलियासिमबीचको विजेताको सामना गर्नेछन् । ‘यो खेलमा कठिन विपक्षीको सामना गर्दैछु भनेर मलाई थाहा थियो । त्यही भएर मैले मानसिक रुपमा आफूलाई तयार पारेको थिए । रंगशालामा उपस्थित रहेका समर्थकबाट पनि साथ पाए,’ इटालीका सिनरमाथि विजय प्राप्त गरेपछि सिटसिपासले भने ।  


विश्व टेनिस वरीयताको चौथो स्थानमा रहेका सिटसिपास अस्ट्रेलियन ओपनमा तेस्रो पटक अन्तिम चारमा पुगेको यो तेस्रो अवसर हो । उनले गत वर्ष फ्रेन्च ओपनमा फाइनलसम्मको यात्रा तय गरेका थिए । जहाँ उनलाई नोभाक जोकोभिचले हराएका थिए । 
 


Author

थप समाचार
x