आहा रारा गोल्डकप : एपीएफ १४ वर्षपछि फाइनलमा
पोखरा - लिग लिडर मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विभागीय टिम नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मच्छिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे । मच्छिन्द्रका लागि ओमोलाजा करिमले एक गोल फर्काए ।
खेलको २५ औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, खेलको ४० औं मिनेटमा रन्जित धिमालको फ्रि–किकमा कारिमले हेड मार्फत गोल गर्दै मछिन्द्रलाई १–१ को बराबरीमा पुर्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि एपिएफले दोस्रो हाफमा २ गोल थपेको हो । खेलको ६९ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए ।
७१ औं मिनेटमा मच्छिन्द्रका गोलकर्ता करिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । एपीएफ २०६४ सालपछि आहा राराको फाइनल पुगेको हो । प्रतियोगिताअन्तरर्गत बिहीबार मनाङ मर्स्याङदी क्लब र त्रिभुवन आर्मी क्लबबीच अन्तिम सेमीफाइनल खेल हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया