लिभरपुलविरुद्ध गोल गरेका लुई ब्यारी भन्छन्, मैले डेब्यु खेल हाे भन्ने नै बिर्सिएँ
काठमाडौं : एफए कपको तेस्रो चरणको खेलमा शुक्रबार एस्टन भिल्ला सजिलै पराजित भयो । भिल्ला पार्कमा साडियो माने, मोहम्मद सलाह र गिनी वाइनाल्डमले गोल गर्दा लिभरपुलले भिल्लामाथि ४–१ को जित दर्ता गर्याे। इंग्लिस च्याम्पियनसँगको खेलमा भिल्लाले आफ्ना युवा खेलाडीहरुलाई मौका दियो । तर, पनि एक गोल भने फर्काउन सफल भयो । गोल गर्ने थिए १७ वर्षिय लुई ब्यारी ।
मानेले चौथौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए पनि ब्यारीले ४१ औ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा पुर्याएका थिए । जितका कारण लिभरपुलले स्वभाविक चर्चा पाए पनि भिल्लाका युवा गोलकर्ता ब्यारी ओझेलमा परेनन् । सिनियर टिमका १० खेलाडी कोभिड–१९ को संक्रमणमा परेपछि युवा खेलाडीहररूलाई मौका दिइएको खेलमा ब्यारीले लिभरपुललाई क्लिन सिट राख्न दिएनन् ।
खेलपछि ब्यारीले लिभरपुलका विरुद्ध गोल गर्दा गौरव महसुस भएको प्रतिक्रिया दिए । ‘लिभरपुल जस्तो टिमका विरुद्ध गोल गर्नु, मेरा लागि मात्र होइन, मेरो परिवारकै लागि गौरवको क्षण हो । मैले यो सफलता पाउनका लागि धेरै मेहेनत गरेको छु । खेल जित्न नसके पनि हामीले राम्रो खेलेको हो र यो मौकाका लागि क्लबलाई धन्यवाद भन्नै पर्छ,’ ब्यारी भन्छन् ।
खेलपछि लिभरपुलका फाबिन्होसँग जर्सी साटेका ब्यारीले केही समयपछि आफ्नो जर्सी पुनः फिर्ता लिएका थिए । डेब्यु खेल भएकाले आफुले फाबिन्होलाई दिएको जर्सी फिर्ता लिनु परेको उनको भनाई थियो । ‘मैले डेब्यु खेल भएको बिर्सेछु । त्यसकारण साटिसकेको जर्सी फेरी फिर्ता लिनु पर्याे । फाबिन्होले मेरो कुरा बुझेर आफ्नो जर्सी फिर्ता लिएनन् । उनलाई धन्यवाद भन्न चाहान्छु ।’ ब्यारीले हाँस्दै भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया