एन्फाको कार्यसमिति बैठक २० माघमा, भर्चुअल माध्यमबाट गरिने
काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् ।
बैठक आगामी साधारण सभा केन्द्रित हुनेछ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बैठकमा विविधसहित १९ वटा एजेन्डामाथि छलफल भएको थियो ।
जुन बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा थिए । उनीहरूकै आह्वानमा यसअघि बैठक बसेको थियो । न्यूजकारखाना
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया