खेलकुद

‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ प्रतियोगिता फागुनमा

इकागज |
माघ १९, २०७८ बुधबार १७:१८ बजे

कैलाली - सर्वाधिक पुरस्कार राशीको  ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता फागुनमा हुने भएको छ ।  धनगढीस्थित क्षेत्रीय रङ्गशालामा फागुन १९ देखि २८ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्ड कप सञ्चालन हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलनको  गरी जानकारी दिएको हो । 

प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । उनले प्रतियोगितामा ए डिभिजनका पाँच, मोफसलका दुई, विदेशी दुई र आयोजक क्लब गरी १० टिमको सहभागिता रहने बताए ।


प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीड–फिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई जनही २०/२० हजार रुपियाँका दरले पुरस्कार दिइने अध्यक्ष हमालले बताए । उनले प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपियाँ प्रदान गरिने बताए ।

एन्फा तथा फिफाको नियमअनुसार खेलाइने प्रतियोगिताको हरेक टिममा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जानकारी दिइएको छ  . प्रतियोगितालाई सुदूरपश्चिम सरकारले प्रायोजन गर्ने भएपछि यस वर्ष मुख्यमन्त्री अन्तराष्ट्रिय पाँचौ सुदूरपश्चिम गोल्डकप नामाकरण गरिएको हो ।

पाँचौँ संस्करणको  ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितामा अनुमानित डेढ करोड रुपैँया खर्च हुने र दैनिक पाँच हजार दर्शकले गोल्ड कपको खेल अवलोकन गर्ने अनुमान गरिएको आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।


Author

थप समाचार
x