खेलकुद

बेइजिङ ओलम्पिक आजबाट

इकागज |
माघ २१, २०७८ शुक्रबार १०:३१ बजे

फाइल फाेटाे

काठमाडौँ- एसियाली मुलुक चीनको बेइजिङमा  २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ ।

काेभिडकाे ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।


९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यद्यपि. अमेरिका, बेलायत, भारतलगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन् । उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै  ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । विन्टर ओलम्पिक 4 फेब्रुअरीबाट २० फेब्रुअरीसम्म हुनेछ ।


Author

थप समाचार
x