म हारको जिम्मेवारी लिन्छु : जिदान
एजेन्सी : रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिगमा आफ्नो टीमले ब्यहोरेका हारको जिम्मेवारी आफुले लिने बताएका छन् । च्याम्पियन्स लिगको बुधबार सम्पन्न समुह चरणको खेलमा रियल युक्रेनी टीम शाख्तर डोनेस्कसँग २-३ ले स्तब्ध बनेको थियो ।
रियालले शनिबार एल क्लासिकोमा बार्सिलोनाको सामना गर्दैछ । जिदानले त्यस्तो महत्वपूर्ण खेल अगाडी हार ब्यहोर्नुले आफ्ना लागि ठूलो चुनौती खडा भएको प्रतिक्रिया दिए । ‘मेरा लागि यो एकदम नै खराब रात रह्यो । बार्सिलोनासगँ भिड्नु अघि मैले अहिले देखा परेको समस्या समाधान गनै पर्छ,' जिदानले भने ।
अल्फ्रेडो डे रुटेफानोमा सम्पन्न खेलको पहिलो हाफमै रियल ३-० ले पछि परिसकेको थियो । दोस्रो हाफमा लुका मोडरिच र भिनिसियस जुनियरले एक एक गोल गर्दै स्पेनिस टोलीलाई खेलमा फर्काउन प्रयास गरे । शाख्तरका लागि टेटे र मनोर सोलोमनले गोल गरे । त्यस्तै अर्को गोल राफेल भारानेको नाममा रह्यो । जसले खेलको ३३ मिनेटमा आत्मघाती गोल गरे ।
रियलले च्याम्पियन्स लिगको कुनै पनि खेलमा पहिलो हाफमा ३ गोल खाएको यो १५ वर्षमा पहिलो पटक हो । यसअघि उसले २००५ मा लियोनसँगको खेलमा यस्तो खराब प्रर्दशन गरेको थियो । केहि दिन अघि ला लिगामा नयाँ टोली काडिजसँग पनि रियल हारेको थियो । चार दिन भित्र दुई हार ब्यहोरेपछि जिदान दबाबमा छन् ।
‘हामी एकदम नै खराब स्थितीमा छौं । हामीले खेलमा गर्न नहुने गल्ती गर्यौं । गोल खाइसकेपछि हामी झन आत्तियौं । यो बिर्सनलायकको खेल रह्यो । प्रशिक्षकका रुपमा मैले यसको जिम्मेवारी लिनुपर्छ र अर्को खेल अगाबै मैले देखिएको समस्या समाधान गर्नुपर्छ,’ उनले भने ।
रियल ला लिगामा बार्सिलोना भन्दा तीन अकंले अगाडी छ । क्याटलन क्लबले भन्दा एक खेल बढी खेलेको रियलको दश अकं छ । तर एल क्लासिको अगाडी लगातार दुई हार ब्यहोरेको रियालका लागि आगामी खेलहरु सजिलो खाले छैनन् ।
च्याम्पियन्स लिगमा रियलले जित्नै पर्ने खेलहरुमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया मन्चुनग्लाडबाग र एन्टोनियो कोन्टेको इन्टर मिलानको सामना गर्नुपर्नेछ भने घरेलु लिगमा भ्यालेन्सिया र भिल्लारियलसँग भिड्नु पर्नेछ । शाख्तरसँग खेल गुमाएका कप्तान सर्जियो रामोस बार्सिलोना विरुद्वको खेलमा फर्किने समाचारले भने जिदानलाई राहत प्रदान गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया