खेलकुद

बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

इकागज |
माघ २२, २०७८ शनिबार १७:५७ बजे

काठमाडौं । बेइजिङ विन्टर ओलम्पिकको पहिलो स्वर्ण पदक नर्वेले जितेको छ । नर्वेका लागि थेरेसे जोहाउगले बेइजिङ विन्टर ओलम्पिकको पहिलो स्वर्ण आफ्नो नाममा लेखाइन्।

उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण जितेकी हुन्। यो उनको खेल जीवनको पहिलो व्यक्तिगत स्वर्णसमेत हो। तर तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक हो । 


उनले ४४ मिनेट तथा १३.७ सेकेन्डमा निर्धारित दुरी पार गरिन्।
 


Author

थप समाचार
x