लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो
काठमाडौं - इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ । याेसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे ।
कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे । अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै बाहिरियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया