खेलकुद

बेइजिङ ओलम्पिकः रोबटले वितरण गर्छ आगन्तुकलाई खाना

इकागज |
माघ २४, २०७८ सोमबार १४:४० बजे

एजेन्सी -  बेइजिङका २ करोड २० लाख मानिसहरुलाई कोभिड संक्रमणको  जोखिमबाट जोगाउन चीनले सहरभित्र पनि अर्को सहर खडा गरेको छ, जहाँ बस्ने अतिथिलाई बाहिरी मानिसहरुसँग छलफल र भेटघाट गर्न छुट छैन । उनीहरुलाई इन्टनेटको पहुँचको सुविधा छ भने खानेकुरा रोबटले नै वितरण गर्छ । 

ओलम्पिक र प्यारालम्पिक खेलका लागि दुई महिनाको अवधिमा दशौं हजार खेलाडी र उनीहरुलाई सहयोग गर्ने व्यक्तिलाई निश्चित स्थानमा राखिएको छ । मध्य बेइजिङबाट थोरै बाहिर रहेको यानकिङ जिल्ला र बेइजिङनजिकैको हिबेइ प्रान्तको झाङजिअकोउ सहरमा आगन्तुकहरुलाई राखिएको छ । 


कोभिड शून्य नीतिमा जोड दिने पहलस्वरुप चीनले ओलम्पिकलाई त्यहाँको घना जनसंख्याबाट पूर्णरुपमा अलग गरेको हो । चाँडै फैलिने ओमिक्रोन भेरियन्टका कारण कोभिड संक्रमण फैलिएसँगै सरकारले ओलम्पिक प्रतिबन्धलाई थप कडाइ गरेको छ । ओलम्पिकमा दर्शकहरुको भिड नियन्त्रण गर्ने योजनाअनुसार अन्तिम समय अर्थात मध्य जनवरीमा घरेलु  दर्शकहरुलाई टिकट बिक्री रोक्ने निर्णय गरिएको थियो । 

खेलका लागि समर्पित सवारी साधनहरु घेराबन्दी गरिएको निश्चित क्षेत्रमा मात्र आफ्नो लेनमा गुड्नेछन् । र, स्थानीयहरुलाई दुर्घटनाको समयमासमेत टाढै रहन सुभाव दिइएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले ३ फेब्रुवरीमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘दुर्भाग्यवश तपाईहरु केबल निश्चित घेराभित्र रहेका मानिसहरुसँग मात्र बोल्न सक्नु हुनेछ । ’


Author

थप समाचार
x