धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने निर्णय
कैलाली - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय भएको छ। मन्त्रिपरिषद् बैठकले माघ १० गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय गरेको हो ।
कांग्रेस नेतृ डा.आरजु राणा देउवाले धनगढीमा उक्त मैदान र खेलग्राम बनाउने पहल गरेकी थिइन्। फाप्लामा यसअघि पटकपटक मैदान निर्माणका लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन गर्दै आएकोमा जग्गा प्राप्तिको प्रक्रिया भने अगाडि बढन सकेको थिएन । तर माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले मैदान र खेलग्राम निर्माणका लागि नेपाल सरकारको नाममा रहेको २ लाख ६० हजार ९ सय १९ वर्गमिटर जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको हो।
यस सम्बन्धी पूर्वाधार विकासलगायतका कार्य अगाडि बढाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम विकास समिति गठन गर्ने प्रक्रिया युवा तथा खेलकुद मन्त्रालयले अगाडि बढाउने निर्णयमा उल्लेख गरिएको छ। मन्त्रिपरिषद्को निर्णयले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको सपना पूरा गर्न बाटो खुलेको भन्दै खेल प्रेमीहरु खुशी व्यक्त गरेका छ्न् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया