खेलकुद

ओमानविरुद्ध नेपालको धारिलो बलिङ

इकागज |
माघ २८, २०७८ शुक्रबार १६:४२ बजे

फाइल फोटो

काठमाडौँ : ओमानसँगको पहिलाे टी–ट्वान्टी श्रृङ्खलामा नेपालले पहिलो खेलमै धारिलो बलिङ गरेको छ । ओमानविरुद्धको पहिलो खेलमा नेपालले सुरुमै ओमानका ओपनरलाई आउट गरेको थियो ।

यो समाचार तयार पार्दासम्म नेपालले ओमानको ४ विकेट लिएको छ । ओमान १२ ओभरमा ४ विकेट गुमाएर ६९ रनको अवस्थामा छ । नेपालका लागि कमल ऐरी, अविनाश बोहरा, आरिफ शेख र सन्दीप लामिछानेले विकेट लिएका छन् ।


ओमानविरुद्ध नेपालबाट सागर ढकाल र विवेक यादवले डेब्यु गरेका छन् । 


Author

थप समाचार
x