च्यासलविरुद्धको खेलमा गम्भीर घाइते भएका मनिष डाँगी खतरामुक्त
काठमाडौं–च्यासल विरुद्धको खेलमा गम्भीर चोट बोकेर अस्पताल लगिएको मछिन्द्रका मिडफिल्डर मनिष डाँगी खतरामुक्त रहेका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार टाउकोमा चोट लागेपछि मनिषलाई अस्पताल लगिएको हो । उनलाई रंगशाला नजिकको ब्लु क्रस लगिएको थियो।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै अवस्था सामान्य रहेको जनाएको हो । उनलाई आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो। ‘च्यासलविरुद्धको खेलमा मनिषको टाउकोमा चोट लागेको थियो । अहिले उनको अवस्था सामान्य र स्थिर रहेको छ । थप जानकारी पछि दिइने छ । उनी खतरामुक्त छन्,’ विज्ञप्तिमा भनिएको छ ।
मनिष खेलको ६१ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । सुनलि बलको स्थानमा उनी मेदानमा छिरेका हुन्। विपक्षी खेलाडी यान्निक केट्चासँग ठोक्किदा मनिष टाउकोमा चोट लागेर मैदानमा ढलेका थिए ।
मछिन्द्रका फरवार्ड विमल घर्तीमगरले म्यान अफ दी म्याच घाइते सहकर्मी मनिष डाँगीलाई समर्पण गरेका थिए। मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया