खेलकुद

थ्री स्टारसँग रोकियो मनाङ, उपाधि होडमा धक्का

इकागज |
माघ २९, २०७८ शनिबार १९:२२ बजे

फाइल फाेटाे

काठमाडौं– ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो। 

बराबरीसँगै तालिकाको दोस्रो स्थानमा रहेको मनाङलाई उपाधि होडमा धक्का लागेको छ भने शीर्ष स्थानको मच्छिन्द्रलाई ६ अंकको अग्रता मिलेको छ।


निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। दोस्रो हाफमा स्पष्ट जितका लागि आक्रामक खेल खेलेका दुबै टोलीले एक÷एक गोल गर्दै अंक बाँडे । ६२ औं मिनेटमा वैकल्कि खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।

कप्तान अन्जन विष्टको क्रसमा दयानन्दले हेडर मार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर मनाङको अग्रता धेरै समय टिकेन। ७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएपछि बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन सकेन।

यस बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ । मनाङ लिगको दोस्रो स्थानमा यथावत रहँदा थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
लिगमा आइतबार दुई खेल हुनेछन् । दुबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन्। दिनको पहिलो खेल न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा तथा दोस्रो खेल आहा राराको पछिल्लो संस्करणको विजेता एपिएफ र संकटा क्लब बीच प्रतिस्पर्धा हुनेछन्। 


Author

थप समाचार
x