खेलकुद

आयरल्याण्डले दियो नेपाललाई १२८ रनको लक्ष्य

इकागज |
फागुन २, २०७८ सोमबार १७:२८ बजे

काठमाडौं– ओमानमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको खेलमा नेपाल उत्कृष्टले सुरुआत गरेको छ । ओमनको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिले बलिङ थियो ।  आयरल्याण्डले १२७ रन बनायो ।

योसँगै जितका लागि नेपालले १२८ रन पुर्याउनुपर्छ । स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङसँगै नेपालले सामान्य लक्ष्य पाएको हो । नेपाललाई पहिलो सफलता कमलसिंह ऐरीले दिलाए । उनले आयरल्याण्डका खतरनाक ब्याटर पौल स्टर्लिङलाई बोल्ड गरे । 


त्यसपछि भने आयरल्यान्डले लगातार विकेट गुमाउन पुग्यो । जितेन्द्र मुखियाको चौथो ओभरको अन्तिम बलमा ग्यारेथ डेलानी ९ रनमा बोल्ड भए । तीव्र गतिका बलर अभिनाश बोहराले पाँचौं ओभरको पाँचौं बलमा कप्तान एन्डी बालबर्नीलाई १९ रनमा बोल्ड आउट गरे । शेन गेटकेट दशौं ओभरको दोस्रो बलमा १४ रनमा क्याच आउट भए । 

दीपेन्द्रको १२ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कर्टिस क्याम्फर क्याच आउट भए । सिमी सिंह विकेटकिपर आसिफ शेखबाट १ रनमा आउट भए ।
 


Author

थप समाचार
x